site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ । 

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो । 

नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल न. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपति थिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्