site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पश्चिम बंगालमा चट्याङबाट ११ जनाको मृत्यु

कोलकाता । भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको बीबीसीले जनाएको छ । 

मालदाका जिल्ला अधिकारी नितिन सिंघानियाका अनुसार मृत्यु हुनेमा तीन नाबालक छन् ।

पीडित परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिइने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त घटनामा दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् । बीबीसी 


 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्