site stats
बाह्रखरी :: Baahrakhari
देश
युगाण्डाकी महिलाले नेपाल भित्र्याएकी थिइन् करिब तीन किलो कोकिन
फाइल तस्बिर

काठमाडौं । अफ्रिकन महिलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको करिब तीन किलो लागुऔषध कोकिन प्रहरीले बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेलबाट बरामद गरेको हो ।

लागुऔषध ब्युरो स्रोतका अनुसार युगाण्डाका दुई महिलाले कोकिन नेपाल भित्र्याएको खुलेको छ । नेपाल भित्र्याउने महिलासहित अर्का एक भारतीय महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूले कसरी कोकिन नेपाल भित्र्याएको बारे ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । पक्राउ परेकाहरुलाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी ब्युरोले गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्