site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ग्यालेक्सी फोरके’मा लगिएको पैसा फिर्ता नभएपछि हिमालयन बैंकले हाल्यो मुद्दा*

काठमाडौं । हिमालयन बैंकले ‘ग्यालेक्सी फोरके’मा कार्यक्रम उत्पादनका लागि भनेर लगिएको पैसा फिर्ता नभएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

‘ग्यालेक्सी फोरके’का नाममा नयाँ कार्यक्रमका लागि भनेर तत्कालीन सिभिल बैंकबाट लिइएको ६२ लाख १५ हजारको सावाँ ब्याज दुवै नतिरेपछि बैंकले मुद्दा दायर गरेको हो ।

२०७८ फागुन २५ गते गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरकेबाट प्रसारण हुने कार्यक्रमका लागि भनेर लगेको पैसाको सावाँ ब्याजसहित बैंकले एक करोड २४ लाख असुलउपरको दाबीसहित मुद्दा दायर गरेको छ ।

गोर्खा मिडियाका तर्फबाट विपीन आचार्यले हस्ताक्षर गरेका छन् । आचार्यसमेत बैंकको सम्पर्कमा नआएपछि रकम फिर्ता लिन अदालतमा मुद्दा दायर गरेको हो ।

गत वैशाख ४ गते नै दायर भएको मुद्दामा म्याद तामेल भइसकेको छैन । त्यसैले पेसी तोकिने मिति समेत अहिले नै भन्न नसकिने जिल्ला अदालतका अधिकारीले जानकारी दिएका छन् ।

*सच्याइएको ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्