site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक अभाव हटाउन यस्तो छ सरकारको तयारी 

काठमाडौं । विद्यालय शिक्षक बन्न अब शिक्षाशास्त्र अध्ययन गर्नै पर्ने बाध्यता हटाउने तयारी सरकारले गरेको छ । सरकारले माध्यामिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षाको अभावपूर्ती गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्यांकनसहितको शिक्षक इन्टनरसीप पढाउने पबन्ध गरिने जनाएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए ।

उनले शिक्षाशास्त्र संकायबाहेकका सम्बन्धित विषयमा न्यूनतम योग्यता हाँसिल गरी अध्यापन तालिम प्राप्त जनशक्तिलाई शिक्षक सेवामा प्रवेश गर्न पाउने व्यवस्था गरिने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्