site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्टरनेट सेवाप्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने 

काठमाडौं । सरकारले रेडियो, टेलिभिजन र इन्टरनेट सेवाप्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहनको नीति लिएको छ । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ता संस्थालाई गाभिन प्रोत्साहन गरिने बताए ।

“टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकहरूलाई एक आपसमा गाभिन हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन प्रोत्साहित गरिनेछ,” राष्ट्रपति पौडेलले भने ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्