site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँचखालमा जलाइएकाे अवस्थामा फेला परेको शवको पहिचान खुल्याे
फाइल तस्बिर

 काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिक रुखमा बाँधेर जलाइएको शवको पहिचान खुलेको छ । उक्त शव दोलखा भिमेश्वर नगरपालिका–२, राम्पाका विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । 

ललितपुरको टिकाथली बस्दै आएका उनी गएको २३ वैशाखदेखि बेपत्ता भएका थिए । उनको शव २८ वैशाखमा फेला परेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्