site stats
बाह्रखरी :: Baahrakhari
देश
मानव तस्करी गर्ने 'गिरोहका नाइके'सहित तीनजना दिल्लीबाट पक्राउ

काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको आरोपमा गिरोहका नाइकेसहित तीन जनालाई दिल्लीबाट पक्राउ गरेको छ ।

दिल्ली प्रहरीको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरोहका नाइके जगत तामाङसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरूले नेपाल ल्याइँदै छ ।

उनीहरूमाथि नेपालबाट दिल्ली हुँदै खाडी मुलुक र केन्यासहितका अफ्रिकी मुलुकमा मानव तस्करी गरेको आरोप लागेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्