site stats
बाह्रखरी :: Baahrakhari
देश
एआईजीद्वय जोशी र ढकालले लगाए दर्ज्यानी चिह्न 

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका उमेशराज जोशी र भीमप्रसाद ढकालले दर्ज्यानी चिह्न लगाएका छन् ।

वैशाखा ३ मा बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रीपरिष्दको बैठकले जोशी र ढकाललाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवासँगै सरकारले उनीहरूको जिम्मेवारी समेत हेरफेर गरेको थियो ।

डीआईजी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी निभाएका ढकाललाई एआईजी बढुवासँगै प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पदस्थापन गरेको छ ।

त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डीआईजी जोशीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिएको छ ।

यसअघि मानस्रोत विभागमा कार्यरत एआईजी टेकप्रसाद राईलाई प्रशासन विभाग र प्रदेश समन्वय विभागमा कार्यरत एआईजी सुदीप गिरीलाई प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जिम्मेवारी दिइएको छ ।

police-(1)-1715504228.jpg

police-(2)-1715504228.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्