site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चाँडो मृत्युको कारण  ‘अधिक प्रशोधित खाना’ 

काठमाडौं । अधिक प्रशोधित खानेकुराको सेवन चाँडै मृत्युको कारण हुने ३० वर्ष लगाएर गरिएको एक अध्ययनले देखाएको छ । तर, अलग–अलग  खानेकुराका अलग–अलग नै प्रभाव हुने सो रिपोर्टमा उल्लेख  छ । 

“प्रशोधित मासु र चिनीजन्य खाना तथा पेय पदार्थ अधिक प्रशोधित होल ग्रिन जति जोखिमयुक्त हुँदैन,” उदाहरण दिँदै रिपोर्टका लेखक तथा  क्लिनिकल इपिमियोलोजी एण्ड न्युट्रिजन एण्ड हार्वर्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक डा. मिङ्गयाङ्ग सोङ्ग भन्छन् ।

अध्ययनमा अमेरिकाका एक लाखभन्दा बढी स्वास्थ्य प्रोफेसनलहरूको डेटाको विश्लेषण गरिएको छ ।  जसमा क्यान्सर, मुटुसम्बन्धी रोग र मधुमेहको इतिहास थिएन । सन् १९८६ देखि २०१८ सम्म ती सहभागीहरूले उनीहरूको स्वास्थ्य र जीवनशैलीबारे हरेक दुई वर्षमा जानकारी दिने गरेका थिए । 

उनीहरूले हरेक चार वर्षमा खानासम्बन्धी विस्तृत प्रश्नका जवाफ दिएका थिए । सो समूहका केहीले कम अधिक प्रशोधित खाना दिनमा औसतमा करिब तीनपटक खाएका थिए । जबकि, उनीहरूले बढीमा सातपटकसम्म दैनिक त्यस्ता खाना खाएको बुधबार द बिएमजी जर्नलमा प्रकाशित अध्ययनमा देखाइएको छ । ती जसले धेरै खाए उनीहरूमा चार प्रतिशत बढी मृत्युको जोखिम देखियो र नौ प्रशितमा न्युरोडिजेनेरेटिभ मृत्यु देखिएको तथ्यांकले देखाएको छ । सोङ्गले त्यसमा सहसम्बन्ध मध्यम देखाएको जनाएका छन् । त्यसमा कनेक्सन सबै अधिक प्रशोधित खानाका बीच उत्तिकै बलियो सम्बन्ध नरहेको जनाइएको छ ।

अधिक प्रशोधित नखाने नै हो ? 

सोङ्गले पूर्ण रूपमा अस्वीकार गरेनन् । सिरियल, होल ग्रेनका रोटी अति प्रशोधित खानेकुरा मानिन्छन् । तर, तिनीहरुमा विभिन्न फाइदाजनक पोषक तत्व फाइबर, भिटामिन र मिनरल्स प्राप्त हुन्छ ।  उनले मानिसले केही अधिक प्रशोधित खाद्यान्न पूर्ण रूपमा खान छोड्नुपर्ने वा सीमित गर्नुपर्ने बताएका छन् । त्यसमा  अधिक प्रशोधित मासु, चिनीजन्य पदार्थ रहेका वेभरेज र कृतिम रूपमा उत्पादित गुलिया वेभरेज लगायत पर्दछन् । 

अनुसन्धानताहरूले अधिक प्रशोधित खाद्यान्नमा पाइने अवयवहरूलाई पनि हेर्नुपर्ने जनाउँदै त्यसले पनि स्वास्थ्यलाई असर गरेको हुन सक्ने बताएका छन् ।  “ती  थपिएका, मिश्रण गरिएका वा फ्लेभरको रूपमा राखिएका वस्तु के हुन त्यसबारेमा सरकार र इन्स्टिच्युसनहरूलाई कसरी ती खाद्यान्नको नियमन गर्ने भन्नेबारेमा सल्लाह दिइनुपर्दछ,” सोङ्गले भने  ।

सबै आहार चाहिन्छ

अनुसन्धानताहरूले मृत्युको जोखिम कसरी घटाउने भन्नेबारेमा सबैभन्दा महत्वपूर्ण तत्व कुनै पनि व्यक्तिको समग्र आहाराको गुणस्तर कस्तो छ, त्यसमा निर्भर गर्ने बताएका छन् । 

“यदि मानिसले सामान्यतया स्वस्थ आहारा  लिइरहेको छ भने मलाई लाग्दैन कि उनीहरू डराउनु वा त्रसित हुनु पर्दछ,” उनले भने, “समग्र  आहाराको प्याटर्न अहिलेसम्म पनि स्वास्थ्यको परिणाम निर्धारण गर्ने प्रमुख तत्व हो ।” 

मिसावटयुक्त खाना कम खानुपर्ने बेलायतको क्वाड्रम इन्स्टिच्युट बायोसाइन्सका इमर्टस फेलो डा. पिटर वाइल्डले इमेलमार्फत भने, “पौष्टिक पदार्थ त्यसमा (अधिक प्रशोधित खाद्यान्न) कति छ । फलफूलको जुसले मिनरल्स र एन्टिअक्सिडेन्ट (शरीरको सेललाई जोगाउने तत्व) लिँदा त्यसको खपतलाई  मध्यस्थताको काम गर्दछ । तर, धेरै लिइएमा त्यसले उच्चस्तरको सुगर हुने हुँदा त्यसबाट प्राप्त हुने फाइदालाई अप्ठ्यारोमा पार्छ ।” सीएनएन
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्