site stats
बाह्रखरी :: Baahrakhari
देश
भातृसंगठनको अवरोध रोक्नुस्, क्यालेन्डरअनुसार परीक्षा र नतिजा गर्छौँ : त्रिवि उपकुलपति 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले विश्ववविद्यालयमा राजनीतिक दलका भातृसंगठनको अवरोध हटाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् ।

“तपाईंहरूका दलका विद्यार्थी संगठन मुलुकको व्यवस्था परिवर्तन नहुँदासम्म हिजो आवश्यक थिए, अब छैनन्,” उनले भने, “यसबारे तपाईंहरूले पनि सोच्नुस् ।”

विद्यार्थी संगठनको पटक–पटकको अवरोधका कारण पनि परीक्षा र नतिजा वार्षिक क्यालेन्डरअनुसार गर्न नसकेको उनको भनाइ छ ।

आउँदो एक वर्षभित्र त्रिविको शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्ने उपकुलपति बरालले बताए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्