site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लगानी सम्मेलनमा बोर्डको ७१ लाख खर्च

काठमाडौं । यही वैशाख १६ र १७ गते आयोजित तेस्रो लगानी सम्मेलनमा करिब ७१ लाख रुपैयाँ खर्च भएको छ ।

सम्मेलनमा २५ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । नेपालबाहेक विभिन्न मुलुकबाट ८०० भन्दा बढी विदेशी सम्मेलनमा सहभागी थिए ।

दुई दिनसम्म चलेको सम्मेलनमा आफ्नो ७१ लाख रुपैयाँ खर्च भएको लगानी बोर्डले जानकारी गराएको छ । बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्न उपाध्यायले बोर्डको करिब ७१ लाख खर्च भएको बताए ।

उनले थप केही खर्च अर्थ मन्त्रालयको आग्रहमा विदेशी दातृनिकाय (बेलायत)को सहयोगबाट समेत भएको तर त्यसको विवरण प्राप्त नभएको जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्