site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङमा चट्याङ लागेर एकजनाकाे मृत्यु
प्रतीकात्मक तस्बिर

बागलुङ । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३,  पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए ।  

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्