site stats
बाह्रखरी :: Baahrakhari
देश
सवारी दुर्घटना न्यूनीकरणमा नेतृत्वदायी भूमिका यातायात व्यवसायीको हुन्छ : मन्त्री दुलाल 

काठमाडौं । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम बनाएर मात्रै नहुने बताएका छन् । 

आइतबार पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंमा आयोजना गरेको दुर्घटना न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सवारी दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्ने बताए । 

मन्त्री दुलालले सरकारले कानुन उल्लंघन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुन नसक्ने दाबी गरे । उनले सडक दुर्घटना कम गर्न सवारीसाधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुन आवश्यक रहेको बताए । उनले सवारी चालकले आफूले पाएको जिम्मेवारी सजगतापूर्ण निर्वाह गनुपर्ने बताए । 

“ट्राफिक प्रहरीले सावरीसाधन समातेर र सरकारले नियम बनाएर मात्रै सडक दुर्घटना न्यूनीकरण हुन सक्दैन । सडक दुर्घटना कम गर्न सवारीसाधनको इस्टेरिङमा बस्ने सवारी चालक बढी सचेत हुनुपर्छ । सवारी चालक जिम्मेवार हुनुपर्छ । आफूले पाएको जिम्मेवारी सतर्कता पूर्ण निर्वाह गनुपर्छ । यातायातको क्षेत्रमा समस्या व्यवसायी, ट्राफिक प्रहरीमा मात्रै छैनन् । सबैतिर समस्या भएकाले यातायात क्षेत्रका समस्या साझा ढंगले समाधान गर्नुपर्छ । सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भूमिका यातायात व्यवसायीहरूको हुन्छ,” मन्त्री दुलालले भने । 

उनले यातायातको क्षेत्रमा समस्या व्यवसायी, ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्