site stats
बाह्रखरी :: Baahrakhari
देश
शमशेरलाई साधारण तारेख, गोविन्द र आङटावालाई धरौटीमा छाड्ने सर्वोच्चको आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा फैसला गरेको छ । गत चैत २५ गतेदेखि 'हेर्दा हेर्दै'मा राखिएको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले चौथो सुनुवाइमा फैसला दिएको हो । 

बिहीबार भएको फैसलाले थुनामा रहेका मुस्लिम आयोगका तत्कालीन अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा छोड्ने आदेश गरेको छ । यस्तै, गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई धरौटीमा छोड्ने आदेश गरेको छ । बाँकी प्रतिवादीको हकमा भने कानुन बमोजिम गर्नु भन्ने आदेश भएको छ । आङटावालाई ३० लाख तथा चौधरी र मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

रिटमा भएको फैसलाको लिखित पाठ आजै आउने सर्वोच्चका प्रवक्ता बेदप्रसाद उप्रेतीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्