site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् । 

सिरियामा रहेको इरानी वाणिज्य दूतावासविरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायलविरुद्ध हालै गरेको ठूलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले सो बताएका हुन् । कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लंघन भएको बताए । 

उनले तेहरानले आफ्नो प्रतिशोधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्