site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हसिना खानले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ 

काठमाडौं । जनता समाजवादी पार्टीकी हसिना खानले प्रतितिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

समानुपातिकतर्फबाट सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् । 

मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको ०७९ फागुन १३ मा निधन भएपछि रिक्त स्थानमा मञ्जु सांसदान मनोनीत भएकी थिइन् । 

उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनाको नाम सिफारिस गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्