site stats
बाह्रखरी :: Baahrakhari
देश
सेती नदीको १५० मिटर गहिरो खोचबाट निकालियो युवकको शव

काठमाडौं । वैशाख १ गते बेपत्ता भएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवाका २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि हराएका थिए । उनी सेतीको खोचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित  नम्बर २४ कालिका गणलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सेती नदीको १५० मिटर गहिराइमा ढुंगामा अड्किएको अवस्थामा सोमबार दिउँसो उनको शव निकालेको हो ।

पुनको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्