site stats
बाह्रखरी :: Baahrakhari
देश
कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझतिर भाभटेनीको मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आलागनी भएको थियो । आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन् ।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । उनले मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्