site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कैलाशलाई मुख्यमन्त्री बनाउन नाउपा संसदीय दलका नेता घनश्यामलाई निलम्बन 
कैलाश चौधरी । फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको छ । सांसद कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन नाउपा केन्द्रीय समितिले चौधरीलाई निलम्बन गरेको हो । 

संसदीय दलको नेतालाई संसदीय दलकै बहुमत वा सर्वसम्मतिले मात्र हटाउने अभ्यास छ । तर, नाउपाले भने केन्द्रीय समितिको बैठकबाट निर्णय गरी प्रदेशसभामा पत्र पठाएर निलम्बनको सूचना दिएको छ । 

“हामीले निर्णय गरेर प्रदेशसभामा पत्र पठाइसकेका छौँ,” नाउपाकी अध्यक्ष रञ्जीता श्रेष्ठले भनिन्, “उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।” 

निलम्बनको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्