site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमास नेता इस्माइल हानियाका तीन छोरा हवाई आक्रमणमा मारिए
इस्माइल हानिया । फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । हमासका राजनीतिक नेता इस्माइल हानियाले गाजामा भएको हवाई हमलामा आफ्ना तीन छोरा र चार नातिनातिना मारिएको पुष्टि गरेका छन् ।

हमाससँग सम्बन्धित सञ्चारमाध्यमले उनका छोराहरू चढेको कार गाजा सहरनजिकै अल–शाती क्याम्पमा ठोक्किएको जनाएका छन् ।

इजरायलको सेनाले उनका छोराहरू हमासको सैन्य शाखाका सदस्य भएको जनाएको छ ।

उक्त समूह मुस्लिम धर्मावलम्बीको पर्व इदको पहिलो दिन मनाउन पारिवारिक उत्सवमा जाने क्रममा रहेको बताइएको छ ।

गएको अक्टोबरयता गाजामा इजरायलले गरेको आक्रमणका क्रममा ३३ हजारभन्दा बढी गाजावासी मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासको नेतृत्वमा रहेका बन्दुकधारीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेका थिए । आक्रमणमा १२ सयजना मारिएका थिए । २५० भन्दा बढी मानिसलाई बन्दुकधारीले बन्धक बनाएका थिए । बीबीसीबाट ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्