site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा छोराको कुटपिटबाट बुवाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–२, गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।

गए राति घरायसी वादविवादमा छोरा सुमनले बुवालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका निम्ति जिल्ला अस्पतालमा राखिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्