site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा १५ लाख ५० हजार रुपैयाँ लुटपाट
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिरहामा १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । ग्लोबल आइएमई बैंक सिरहाबाट आइतबार पैसा निकालेर लैजाँदै गरेको अवस्थामा लुटपाट भएको हो । १५ लाख ५० हजार रुपैयाँ लुटिएको सिरहा प्रहरीले जनाएको छ । 

विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले बोकेको रकम लुटपाट भएको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई नकाबधारीले पेस्तोल देखाउँदै पैसा लुटेका हुन् । लुटेराको खोजी भइरहेको सिरहाका एसपी सन्तोष आचर्याले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्