site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ निर्वाचित 
होमनारायण श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । १०औँ जिल्ला अधिवेशनबाट प्रतिस्पर्धी कमल नेपाललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठले ३६३ मत प्राप्त गरे । नेपालले ३४९ मत ल्याए ।

यस्तै, जिल्ला उपाध्यक्षमा निर्र्वाचित अर्जुन भण्डारीले ३४५ मत पाए ।  कृष्णगोपाल तामाङ ४०३ मत ल्याएर सचिव पदमा निर्वाचित भए ।

उपसचिवमा निर्वाचित सुशीला पाख्रिनले ४५६ र शिवहरि सापकोटाले ३६६ मत पाए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्