site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकले गर्‍यो सातवटै प्रदेशमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा सप्ताहव्यापी रूपमा सातवटै प्रदेशमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ ।

बैंकले आफ्ना प्रदेश कार्यलयहरूको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थीलक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो ।

Argakhachi Cement Island Ad

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरूका बारेमा जानकारी गराइएको थियो ।

यसैगरी, बैंकले ग्लोबल मनी विकको अवसर पारेर देशव्यापीरूपमा वित्तीय कार्यक्रमहरू आयोजना गरिरहेको छ । अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरूमा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको बैंकले जनाएको छ ।

यसका साथै, ग्लोबल आईएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

हाल ग्लोबल आईएमई बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्