site stats
बाह्रखरी :: Baahrakhari
देश
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ९२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंबाट ९२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जबर्जस्ती रंग लगाइदिने, अमर्यादित गतिविधि गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका डीएसपी दिपेश बस्यालले जानकारी दिए ।

उनका अनुसार २०३ मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

होलीलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्