site stats
बाह्रखरी :: Baahrakhari
देश
होली खेलेर सुनकोसीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । सुनकोसी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का सात वर्षीय रिदम मगर, आठ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुर प्रहरीका अनुसार होली खेलिसकेपछि पौडी खेल्न क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूलाई प्रहरीले सशस्त्र प्रहरीको सहयोग खोजी थालेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्