site stats
बाह्रखरी :: Baahrakhari
देश
डोटीमा माटोको ढिस्कोमा पुरिएर थप एक महिलाको निधन

डोटी । डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज थप एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ओझासँगै ढिस्कोमा पुरिएकी ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

यसअघि, शनिबारमात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको थियो । रासस

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्