site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लामा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँचजना घाइते भएका जानकारी दिए ।

सु प ०१००१ नम्बरको गाडी शनिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उद्धारकार्य जारी रहेको उनले बताए ।

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ । दुर्घटनामा पर्ने सवारी स्थानीय धनमल महताराको रहेको बताइएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्