site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा कौडा खेलिरहेका पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेपलाञ्चोकमा कौडा खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९, ढुंगाखानीस्थित शुभान होटेलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धुलिखेल–१० का ४० वर्षीय अमृत लामासहित पाँचजना छन् । शुक्रबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार, उनीहरू सो होटेलमा कौडा खेल्दै थिए ।

नगद २० हजार ६८० रुपैयाँ र कौडा १५ वटासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्