site stats
बाह्रखरी :: Baahrakhari
देश
अनलाइन क्यासिनो गेम खेलाउने ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । क्यास एप एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा सर्लाहीको ब्रम्हपुरी नगरपालिका–७ घर भई काठमाडौंको टोखा नगरपालिका–६, मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामवीर ठाकुर, मोरङको बेलबारी नगरपालिका–१० घर भई टोखा बस्ने २२ वर्षीय प्रमिश श्रेष्ठ छन् । त्यस्तै, बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २२ वर्षीय प्रशय जमकट्टेल, झापाको गौरादह नगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२, बालुवाखानी बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं महानगरपालिका–१४, कुलेश्वर बस्ने २९ वर्षीय स्वराज श्रेष्ठ छन् ।  

Argakhachi Cement Island Ad

विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास उनीहरूले दिलाउने गरेका थिए । हारजित हुने र आफूले लाभ लिने उद्देश्यले उनीहरूले रकमको बाजी राख्न लगाई सट्टेबाजी गराएर खेल खेलाउने गरेका थिए ।

अनलाइन क्यासिनो खेलाउन प्रयोग गरिएका ल्यापटप र मोबाइलसहित उनीहरूलाई मंगलबार राति विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्