site stats
बाह्रखरी :: Baahrakhari
देश
थप तीन प्रकारका औषधि उत्पादन गर्दै लिमिटेड

काठमाडौं । नेपाल औषधि लिमिटेडले आज (आइतबार)देखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । सेन्ट्रिमाइन, एमजिट र एमजिट–डीएफ नामक औषधिको उत्पादन थालिएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।

तीनै औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढ लाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ ।

यसअघि, लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमोडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत औषधि उत्पादन गरिरहेको थियो ।

“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरू औषधि पनि उत्पादन गर्न सक्छौँ,” उनले भने ।

महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका निम्ति २४ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भनेको उल्लेख गरे । सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको उनले बताए ।

वि.सं. २०२९ मा स्थापित लिमिटेडले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्थ्यो । तर, ०६२ सालमा उत्पादन बन्द भएपछि ०७४ मा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । आइतबारदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको संख्या ११ पुगेको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्