site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डा. रजनी र शान्तिलाई पुरस्कार र सम्मान

काठमाडौं । भेषजबिन्दु साहित्यिक पुरस्कार तथा साहित्य सम्मान प्रदान गरिएको छ ।

स्याङ्जामा आयोजित कार्यक्रममा ‘भेषजबिन्दु साहित्यिक पुरस्कार’ समालोचक डा. रजनी ढकाललाई र ‘साहित्य सम्मान’ स्रष्टा शान्ति सापकोटालाई प्रदान गरिएको हो । पुरस्कार र सम्मानका साथ जनही नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

भेषजराज साहित्य प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रचनावाचनको ७०औँ शृंखला पनि सम्पन्न गरियो । 

सो अवसरमा केपी अर्याल र दुर्गा थापामगरका पुस्तकहरू लोकार्पण समेत गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्