site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको तल्लो सदनले पास गर्‍यो टिकटकमा प्रतिबन्ध लगाउने विधेयक

काठमाडौं । अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रेन्जेटेटिभ्स'ले टिकटकमाथि देशभर प्रतिबन्ध लगाउन सकिने प्रावधानसहितको विधेयक पारित गरेको छ ।

चिनियाँ कम्पनीको स्वामित्व रहेको टिकटकबाट सुरक्षा चुनौती बढेको निष्कर्षसहित अमेरिकी सांसदहरूले बुधबार टिकटकमाथि प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेका हुन् ।

विधेयकको पक्षमा ३५२ मत तथा विपक्षमा ६५ मत खसेको थियो । विधेयकमा १८० दिनभित्र चिनियाँ कम्पनी बाइटडान्सले टिकटक नबेचे प्रतिबन्ध लगाइने उल्लेख छ । अन्यथा देशभर प्रतिबन्ध लगाइने भनिएको छ ।

चीनले टिकटकबाट अमेरिकीमाथि जासुसी गरिरहेको सांसदहरूको आरोप छ । टिकटकको माउ कम्पनी बाइटडान्सको चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहेको आरोप अमेरिकी सांसदहरूको छ । जुन बाइटडान्स र टिकटकले अस्वीकार गर्दै आएका छन् ।

यद्यपि, कतिपयले माथिल्लो सदन सिनेटबाट १७० मिलियन अमेरिकी प्रयोगकर्ता रहेको एपमाथि प्रतिबन्धन लगाउने विधेयक पारित हुने सम्भावना न्यून रहेको बताइरहेका छन् ।

दुवै सदनबाट विधेयक पारित भए राष्ट्रपति जो बाइडेले हस्ताक्षर गर्नेछन् । त्यसपछि मात्र कानुनमा परिणत हुनेछ ।

बीबीसी एएफपीबाट ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २३:५१
प्रतिक्रिया दिनुहोस्