site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीलाई गृहमन्त्रीले भने– गैरकानुनी काम गर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । कसैको आदेश नकुरी ऐनानुसार कारबाही गर्न उनले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रहरीप्रति ‘अपिल’ जारी गरेका हुन् । आफूले सलाम गर्ने गरी काम गर्न उनले प्रहरीलाई भनेका छन् ।

“देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, करछली गरेको छ, गुन्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,” उनले फेसबुकमा लेखेका छन्, “ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टीवाला होइन, देशवाला) !!”

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्