site stats
बाह्रखरी :: Baahrakhari
देश
औषधि विक्रेतालाई विश्वास गर्ने वातावरण बनाऔँ : सुनिता डंगोल
फाइल तस्बिर । 

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह गरेकी छन् । काठमाडौंको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरूमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहीन भइसकेका भ्याक्सिनहरू बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत गराइन् । 

बिक्रेताहरूले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाइ थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् । 

उनले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसाय अघि बढाउन पनि औषधि विक्रेताहरूलाई अनुरोध गरिन् । त्यसका लागि महानगरपालिकाकाले औषधि व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपमेयर डंगोलले बताइन् । 

उपमेयर डंगोलले औषधि व्यवसायलाई विश्वास गर्ने वातावरण निर्माणमा पनि सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यक रहेकोमा उनको जोड छ । 

 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्