site stats
बाह्रखरी :: Baahrakhari
देश
महिलाको क्षमता अभिवृद्धिमा जोड (तस्बिरहरू)

काठमाडौं । महिलाको क्षमता अभिवृद्धिका लागि समाजका सबै पक्षको उत्तिकै सहयोग आवश्यक रहेको वक्ताहरूले बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नारी टेलिभिजनले आज आयोजना गरेको कार्यक्रममा वक्ताहरूले अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आइनसकेको बताएका छन् । 

घरबाटै विभेद सुरु हुने र त्यो राज्यको तहबाट पनि भइरहेको सहभागी वक्ताहरूको भनाइ छ । महिलाको उत्थानका लागि सकारात्मक विभेदको कानुन आवश्यक रहेकोमा उनीहरूको जोड छ ।  

७० प्रतिशत महिला क्षमतावान भएर पनि पछि परेको सहभागीहरूको गुनासो छ । कतिपय देशमा महिलाको उत्थानका लागि बिनाधितो लोन दिने गरेको स्मरण गर्दै वक्ताहरूले नेपालमा यस्तो व्यवस्था नरहेको भन्दै असन्तुष्टि जनाएका छन् । पहुँचका आधारमा केही महिलाले अवसर पाए पनि अधिकांश महिला भने विभेदमा रहेको उनीहरूको भनाइ छ । 

स्वास्थ्य, शिक्षा, आर्थिक तथा सामाजिक सबै क्षेत्रमा कुनै न कुनै प्रकारको विभेद रहेको र त्यसलाई कम गर्दै हटाउन सरकारले नीतिगत रूपमै निर्णय गर्दै व्यवाहारमा उतार्नु पर्ने उनीहरूको धारणा छ । अन्यथा विभेदको श्रृंखला कायमै रहने वक्ताहरूको भनाइ छ । 

नायिका साम्राज्ञी आरएल शाहले आवरणको सुन्दरतालाई सुन्दरता भन्न नहुने बताइन् । सुन्दरताका लागि आफूलाई विभिन्न सुझाव आउने गरेको स्मरण गर्दै उनले सुन्दरता भनेको आवरण मात्रै नभएको बताइन् । 

“म जब बुझ्ने भएँ मलाई ठिक छु त किन यस्तो कुरा आइरहेको छ भन्ने लाग्न थाल्यो । आवरण त क्षणिक मात्रै हो,” साम्राज्ञी भन्छिन्, “हामीले उमेरअनुसारको सुन्दरता हुन्छ भन्ने बुझ्नुपर्छ । उमेरअनुसारको सुन्दरता भनेको आफैँमा जादु हो । बाहिरी र भित्री सुन्दरता दुवै मेन्टेन गर्नुपर्छ ।” 

बाहिरी सुन्दरता क्षणिक मात्रै भएको भन्दै उनी वास्तविक र दिगो सुन्दरता बौद्धिक पक्ष भएको र त्यसमा जोड दिनुपर्ने बताइन् । क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्ने उनको धारणा छ । 

निर्देशक तथा कोरियोगाफर रेनेशा राईले महिलाको काम र अभियानमा स्वयं महिलाको नै सहयोग आश्यक रहेको बताइन् । अन्यथा सोचेको र आँटेको काम गर्न कठिन हुने उनको भनाइ छ । 

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलगायत राजनीतिज्ञ, कलाकार, चिकित्सक, सामाजिक अभियान्तालगायतको उपस्थिति रहेको थियो । 

renesha-1709897641.jpg

12-1709897640.jpg

13-1709897640.jpg

14-1709897640.jpg

9-1709897639.jpg

10-1709897639.jpg

11-1709897639.jpg

5-1709897637.jpg

6-1709897638.jpg

7-1709897638.jpg

8-1709897638.jpg

3-1709897637.jpg

4-1709897637.jpg

1-1709897636.jpg

2-1709897636.jpg

तस्बिर : हरिशजंग क्षेत्री ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्