site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुल क्वार्टरफाइनलनजिक 

काठमाडौं । यूईएफए युरोपा लिग अन्तिम–१६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पार्टा प्राहाविरुद्ध ५–१ को जित निकालेको छ ।

बिहीबार एपेट एरिनामा लिभरपुललाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे । एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक जोकोस्लाईले समान एक गोल थपे । स्पार्टा प्राहाले लिभरपुलबाट एक आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको छैटौँ मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५औँ मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयमा नुनेजले नै गोल गरेपछि लिभरपुलले ३–० ले अग्रता बनाएको थियो ।

४६औँ मिनेटमा लिभरपुलका कोनोर ब्राड्लीबाट आत्मघाती गोल पाएपछि प्राहाले पाहुना टिमको अग्रतालाई ३–१ मा झारेको थियो । ५३औँ मिनेटमा डियाजको गोलमा लिभरपुल ४–१ को स्थितिमा पुग्यो । इन्ज्युरी समयमा डोमिनिकले गोल गरेपछि लिभरपुलले ५–१ को जित निश्चित गरेको हो ।

यी दुईबीचको दोस्रो लेग आउँदो शुक्रबार एन्फिल्डमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्