site stats
बाह्रखरी :: Baahrakhari
खेल
ओलम्पियनलाई गण्डकी सरकारले गर्‍यो सम्मान

काठमाडौं । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई प्रदेश सरकारले सम्मान गरेको छ । मासिक पाँच हजार नगद (वार्षिक ६० हजार रुपैयाँ)सहित बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा बागलुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सीताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनीषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन् ।

गण्डकी सरकारले खेलाडी कल्याणकारी कार्यक्रमअन्तर्गत यो वर्ष प्रदेश खेलकुद परिषद्मा सूचीकृत भएका ५९४ र पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका १०० गरी ६९४ जनाको स्वास्थ्य बिमा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्