site stats
बाह्रखरी :: Baahrakhari
देश
बिनादर्ताका न्युट्रास्युटिकल बजारमा छ्याप्छ्याप्ती, विक्रेतालाई कारबाही हुने 

काठमाडौं । औषधि मिश्रित दर्ता नभएका खाद्यपूरक सामग्री औषधि पसलहरूबाट बिक्री भइरहेको पाइएको छ । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा थोक तथा खुद्रा औषधि पसलहरूले दर्ता नभएका न्युट्रास्युटिकल बिक्री गरेको पाइएको हो । 

खाद्यपूरकका नाममा बिनादर्ताका ट्याब्लेट, क्याप्सुल, झोल, सौन्दर्यका सामग्रीहरू बिक्री भइरहेको पाइएको विभागले जनाएको छ ।  

विभागले अवैध रूपमा यस्ता सामग्री बिक्री वितरण गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । औषधि ऐन २०३५ अनुसार औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि मात्रै बिक्री वितरण गर्न पाइने व्यवस्था छ । 

dda-1-1709706403.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्