site stats
बाह्रखरी :: Baahrakhari
देश
हनुमन्ते खोलामा स्कुटरसहित इलामका युवकको शव फेला

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिस्थित हनुमन्ते खोलामा सोमबार एकजना मृत अवस्थामा फेला परेका छन् ।

इलामको इलाम नगरपालिका–३ घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएका २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बा८६प ९७३० नम्बरको स्कुटरसहित थापाको शव फेला परेको हो ।

पोस्टमार्टमका निम्ति शव दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ । घटनाबारे भक्तपुर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्