site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१, शक्तिनगर शिविरका ६० वर्षीय आशाराम चौधरी छन् ।

१४ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर बालिकाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्