site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरीद्वारा चन्द्रगिरि केबलकारमा उद्धार अभ्यास

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौंको चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास गरेको छ । 

प्रहरी बल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंको आयोजना र चन्द्रगिरि हिल्स प्रालिको सहकार्यमा कृतिम घटनाक्रममा आधारित तीन दिने उद्धार अभ्यास गरेको हो । 

उद्धार अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक कमलबहादुर अधिकारीको कमान्डमा खटिएको थियो । विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरि हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमान्डमा आठजना गरी जम्मा ३४ जना उद्धारकर्ताहरू सहभागी थिए । 

नेपालमा सञ्चालित केबलकार प्रविधिमा हुनसक्ने जुनसुकै आपत्कालीन उद्धारलाई सहज बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जनाइएको छ । तालिममा दुई वटा फरक–फरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तलतर्फ र माथिबाट दाँया वा बाँया सुरक्षित स्थानतर्फ क्याबिनमा सवार यात्रुहरूलाई रोप रेस्क्यू प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिको प्रदर्शन गरिएको थियो ।

Sasatra-1709035014.jpg
 

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताए । विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरणका लागि सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्