site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा जुवा (कौडा) खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका–११, नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा खेलिरहेको अवस्थामा उनी समेत १२ जना पक्राउ परेका हुन् । उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई नगद ६६ हजार ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्