site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा तास खेलिरहेका नौजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा तास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–५, चिसापानीस्थित शोभा कुईंकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय राकेश शिवाकोटीसहित नौजना छन् । शनिबार (हिजो) साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ६७ हजार २८० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्