site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाले निर्माण गर्‍यो विशेष क्षमता भएका विद्यार्थीका लागि विद्यालय 

काठमाडौ । नेपाली सेनाले वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ । 

प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयको उद्घाटन गरेका थिए । 

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले विद्यालय निर्माण गरिएको सेनाले जनाएको छ । 

सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको २०७९ मंसिर १४ गते शिलान्यास गरिएको थियो ।

“सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ,” नेपाली सेनाले बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्