site stats
बाह्रखरी :: Baahrakhari
देश
भ्रष्टाचारी ठहर भएका इन्जिनियर मेहतालाई २० हजार जरिवाना, एक महिना कैद

काठमाडौं । भ्रष्टाचार मुद्दामा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो ।

अदालतले मेहतालाई २० हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ ।

मेहताविरुद्ध अख्तियार दुरुपयोग अनसुन्धान आयोगले घरको नक्सा पास गर्न २० हजार रुपैयाँ घुस लिएको दाबीसहित मुद्दा दायर गरेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्