site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरबाट सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको एउटा विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

पोखरा प्रहरीको टोलीले काठमाडौं प्रहरीको सहयोगमा बुधबार काठमाडौंको शंखमूलबाट बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको काठमाडौं प्रहरी स्रोतले बतायो ।

पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । ग्यालेक्सी टेलिभिजनमा जोशीको पनि लगानी थियो ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्