site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरेको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (तीन महिना) सञ्चालनमा यो योजना सञ्चालनमा रहने छ ।

छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

Argakhachi Cement Island Ad

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउनेछन् ।

ग्लोबल आईएमई बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २३:१६
प्रतिक्रिया दिनुहोस्