site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहाको राजापुरका तत्कालीन गाविस सचिव भ्रष्टाचारी ठहर 

काठमाडौं । सिरहाको राजपुर गाविसका तत्कालीन सचिव केशव घिमिरे भ्रष्टाचारी ठहर भएका छन् । घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७८ फागुन २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

सामाजिक सुरक्षा भत्ता बैकबाट झिेकेका तर वितरण नगरेको, आन्तरिक आय बैंक दाखिला नगरेकोसहित २४ लाख ९२ हजार ५१० रुपैया ५० पैसा हिनामिना गरेको अख्तियारको दाबी विशेष अदालतले ठहर गर्दै तीन वर्ष कैद हुने फैसला गरेको छ । 

विशेष अदालतले अख्तियार माग दाबी गरेको नक्कली बिल विजक प्रयोग गरेकोविरुद्ध थप दुई लाख ६५ हजार रुपैयाँसहित एक वर्ष कैद पनि हुने आदेश गरेको हो । 

प्रतिवादी घिमिरेबाट असुल हुने रकममध्ये दुई लाख २६ हजार ६३३ रुपैयाँ ५० पैसा सिरहाको तत्कालीन राजापुर गाविसले पाउने, २२ लाख ६५ हजा ८७७ रुपैयाँ अर्नमा गाविसले पाउने र नक्कली विजकवापतको दुई लाख ६७ हजार राजापुर गाविसले भरी पाउने आदेशमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्